लेखनाथ महोत्सवमा दर्शकको घुइँचो

कास्की | पुस ५, २०८२

लेखनाथ महोत्सवमा दर्शकको घुइँचो

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।

 

शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतको उपस्थितिले दर्शकको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

 

महोत्सवमा शनिवारमात्र ४० हजार दर्शकले मेलाको अवलोकन गरेका तथा प्रचार प्रसार संयोजक धु्रववावु भट्टराइले बताए । 

 

१ करोड ५० लाख बरावरको आर्थिक कारोबार भएको आयोजकले जनाएको हो । तेश्रो दिन सम्म आइपुग्दा करिव १ लाख दर्शकले महोत्सव अवलोकन गरीसकेका भटट्राईले जानकारी दिए ।

 

विषेशगरी वाल उद्यानतर्फ मात्र १० लाख वढिको आर्थिक कारोबार भएको बाल उद्यानका संयोजक भरत थापाले बताए ।

 

महोत्सव गेटदेखी तीन सय ३५ स्टलपार गरी कार्यक्रम स्थल सम्म पुग्न दर्शकलाई पुग्न हम्मेहम्मे परेको हो ।

 

नृत्यतर्फ बडहरे गन्र्दभ समाजको प्रस्तुती रहेको थियो भने विद्यालय स्तरीय कार्यक्रम अन्तगत आनन्द ज्योति मावि , गुरुकुल विद्याश्रम, भवानी कालिका मावि र लक्ष्मी आदर्श माविको प्रस्तुती रहेको थियो भने रत्यौली तर्फ गायत्री आमा समुहको आफ्नो प्रस्तुती राखेका थिए  ।

 

कलाकार तर्फ लोकदोहोरी तर्फ खुमन अधिकारी, निरा पोख्रेल, शान्ता बर्देवा, गगन गुरुङ्ग, मधुथापा मगर र सुगम संगित तर्फ रचना रिमाल र डेविड शंकरको प्रस्तुती रहेको थियो ।

 

महोत्सवमा लोकदोहोरी, हास्यव्यङ्ग्य तथा सांगीतिक प्रस्तुति जारी छन्।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्